Logo
Logo

एसईई : सिराहामा नेपाली विषयको प्रश्नपत्र बाहिरियो



काठमाडौं । सिराहामा एसईईको नेपाली विषयको प्रश्न पत्र बाहिरिएको छ । शुक्रबार बिहान परीक्षा सुरु भएको १० मिनेट पछि नै नेपाली विषयको प्रश्न पत्र बाहिर भेटिएको हो ।

चिट बनाउन सक्रिय रहेको टोलीलाई परीक्षा हलबाट एक थान प्रश्न पत्र केन्द्राध्यक्ष र गार्डहरू कै सहयोगमा बाहिर निकालिएको थियो । त्यहाँबाट तस्बिर खिचेर ह्वाटसअपमा छ्यापछ्याप्ती बनाइएको छ । परीक्षा हल वरिपरि फोटोकपी मेसिनसहित चिट बनाउने टोलीहरू सक्रिय देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्