Logo
Logo

मिलन लिम्बूले दिए दृष्टिबाट राजीनामा



काठमाडौं । यस दृष्टिन्युज अनलाइनका सम्पादक मिलन लिम्बूले राजीनामा दिएका छन् । तीन वर्षदेखि दृष्टि मिडिया प्रालिद्वारा सञ्चालित दृष्टिन्युज अनलाइनमा सम्पादकका रुपमा कार्यरत लिम्बूले रानीनामा दिएका हुन् ।

उनकाे राजीनामा स्वीकृत भइसकेको छ । मिलन लिम्बूले राजीनामा दिएपछि दृष्टिन्यजका लागि एमपी सुब्बालाई कार्यकारी सम्पादक नियुक्त गरिएको छ ।

मिलन लिम्बू आगामी बैशाख १५ गते इलाम-२ मा हुने प्रतिनिनिधिसभा सदस्य उपनिवार्चनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेका छन् । करिब दुई दशकदेखि पत्रकारिता गर्दै आएका उनी राजनीतिमा सक्रिय भएसँगै पत्रकारिताबाट टाढिएका हुन् । एबीसी टेलिभिजनबाट पत्रकारिता सुरु गरेका मिलन लिम्बू न्युज–२४ टेलिभिजन हुँदै दृष्टिन्युजमा आवद्ध भएका थिए ।

पछिल्लो समय उनी आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज)को केन्द्रीय महासचिव, नेपाल प्रेस संगठनको केन्द्रीय सचिवलगायत विभिन्न पत्रकारितासँग सम्बन्धित संघसंस्थामा आवद्ध थिए । ती सबै संघसंस्थाबाट राजीनामा दिएर उनी राजनीतिमा होमिएका हुन् ।

स्वतन्त्र उम्मेदवारी दिने तयारीमा रहेका लिम्बूलाई रास्वपाले आफ्नो उम्मेदवार बनाएको हो । रास्वपाबाट चुनावी मैदानमा होमिएका उनले इलामको विकास र पहिचानको मुद्धालाई चुनावी एजेण्डा बनाएका छन् ।

‘इलामको विकास र समृद्धि मेरो मुख्य एजेण्डा हो’ उनले भने, ‘साथै, पहिचानको मुद्धालाई पनि प्राथमिकता दिनेछु ।’ रास्वपा पहिचानको मुद्धामा सकरात्मक भएकाले नै उक्त पार्टीबाट आफू उम्मेदवार बनेको उनले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्