Logo
Logo

दलहरूबिच छलफल गरेर हामी अघि बढ्छौँ : सभामुख घिमिरे



काठमाडौं । सभामुख देवराज घिमिरेले दलहरूबिचको सहमतिमा संसद् बैठक चल्ने बताएका छन् । जेनेभामा भएको अन्तर व्यवस्थापिका संघ (आईपीयू)को महासभामा सहभागी भएर शुक्रबार स्वदेश फर्किनेक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

सभामुख घिमिरेले आफू बाहिर भएको बेला के–के भयो भन्ने कुरा धेरै थाहा नभएको बताउँदै ‘यहाँ के भयो भन्ने कुरा धेरै थाहा छैन । तर सामान्यतया सभामुख जाँदा बैठक रोकिएको हुन्छ ,अव हामी आइपुगेका छौँ बैठकहरू चल्छन् ।’

संसदीय क्यालेन्डर अनुसार नै चैत १८ गतेबाट बैठक चल्ने उनको भनाइ छ । उनले भने, ‘दलहरूबिच छलफल हुन्छ र सोहीअनुसार हामी अघि बढ्छौँ ।’

प्रतिक्रिया दिनुहोस्