Logo
Logo

एक महिनाको घरबहाल मिनाहा गर्न सरकारको आग्रह


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १६ चैत ।
सरकारले चैत महिनाको घरवाहाल नलिन घरधनीहरुलाई आग्रह गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
घरभाडा मिनाहा गरेको अवस्थामा घरवहाल कर तिर्न नपर्ने मन्त्री युवराज खतिवडाले जानकारी दिए ।


बैठकले विभिन्न राहत प्याकेज पनि घोषणा गरेको छ । साथै लकडाउन र सीमा बन्द चैत २५ गतेसम्म निरन्तरता दिने समेत निर्णय गरेको छ ।

मन्त्रिपरिषद्का अन्य निर्णय निम्न छन्–

इन्टरनेट शुल्कमा २५ प्रतिशत छुट
स्वास्थ्य उपकरण खरिदमा भन्सार छुट दिने
कोरोना प्रभावीतहरुलाई राहत उपलब्ध गराउने
शाल्ट ट्रेडिङले १० प्रतिशत छुटमा खाद्य सामान बिक्रि गर्ने
विपन्नलाई स्थानीय तहमार्फत खाद्य सामाग्री वितरण गर्ने
बिद्युत् महशुलमा छुट दिने
स्वास्थ्य मन्त्रालयलाई थप बजेट निकासा गर्ने

प्रतिक्रिया दिनुहोस्