Logo
Logo

स्याबास साल्ट ट्रेडिङ !


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १७ चैत । ‘लकडाउन’ अवधिमा नुन र चिनी सकियो भनेर चिन्ता नगर्नुहोला किनकि, यस अवस्थामा साल्ट ट्रेडिङ कर्पोरेशनले आफ्ना उपभोक्तालाई घरघरमै पु-याइदिने भएको छ ।
नाकाबन्दी होस् वा बन्द हड्ताल नै किन नहोस्, साल्ट ट्रेडिङ सधैं सहयोगी बन्दै आएको छ । अहिले विश्व नै कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको त्रास्दीमा छ ।
यस्तो जटिल अवस्थाबाट जोगिन सरकारले देश लकडाउन गरेको छ । लकडाउनको पालना गर्नुपर्ने सुरक्षा उपाय अवलम्बन गर्दै साल्ट ट्रेडिङले यस अवस्थमा घर–घर पुगेर नुन र चिनी विक्री गरिरहेको छ । यो साल्ट टे«डिङको सह्रानीय काम हो ।
तर, विडम्बना जनताका लागि सेवा गर्दै आएको साल्ट ट्रेडिङले सरकारबाटै सहयोग पाइरहेको छैन । विशेषगरी वर्तमान अर्थमन्त्री डा. युवराज खतिवडाले साल्ट ट्रेडिङलाई ‘सौतेलो’ व्यवहार गर्दै आएका छन् । राज्य मातहतकै संस्था भएर पनि साल्ट टे«डिङले केही वर्षयता सरकारको सहयोग पाइरहेको छ । साल्ट टे«डिङ नुनको आयात गर्ने एकलौटी संस्था पनि हो ।
यसै कारण अर्थमन्त्री खतिवडाले व्यापारीहरुसँगको लबिङमा साल्ट टे«डिङलाई कमजोर बनाउन लागिपरेका छन् । साल्ट टे«डिङलाई कमजोर बनाउन खतिवडाले दुई वर्षदेखि शेयर होल्डरले पाउनुपर्ने लाभांशसमेत रोकेको स्रोतको भनाइ छ ।
डा. खतिवडासँग व्यापारीहरुले अरुले पनि नुन आयात गर्नु पाउनुपर्ने भन्र्दै लबिङ गर्दै आएका छन् । सोही कारण खतिवडा साल्ट टे«डिङलाई कमजोर बनाएर नुन आयात गर्न व्यापारीलाई दिने मनशायमा रहेको बताइन्छ ।
यसरी अन्य व्यापारीलाई नुन आयात गर्न दिने हो भने अहिलेको जस्तो जटिल अवस्थामा उपभोक्ताले सहज नुन पाउन सक्ने छैनन् किनकि, व्यापारीहरु जनताको सेवा भन्दा पनि फाइदामा चल्ने गर्छन् ।
विश्व महामारीको रुपमा फैलिएको (कोभिड–१९)को संममणकालिन यस अवस्थामा साल्ट टे«डिङ आफ्ना उपभोक्ताको हितका लागि अगाडि सरेको छ । सर्वसाधारणले नुन, चिनीलगायत अति आवश्यक सामान खरिद गर्न नपाएको गुनासो बढेपछि गाडीमा सामान लिएर दैलोसम्म पुर्याउने व्यवस्था गरेको कर्पोरेशनले जनाएको छ ।
कर्पोरेशनले हालका लागि एक परिवारलाई बढीमा ३ प्याकेट नुन र ६ किलोसम्म चिनी विक्री गर्दै आएको आएको जनाएको छ । साल्ट टे«डिङले अहिले नुन प्रतिप्याकेट २० रूपैयाँ र चिनी प्रतिकिलो ७३ रुपैयाँमा बिक्री गर्दै आएको छ । साल्ट ट्रेडिङले कालिमाटी, सतुंगल र जडिबुटिलगायतका क्षेत्रमा आउटलेट सञ्चालन गरी खाद्ययान्न समेत बिक्री गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्