Logo
Logo

संक्रमितका परिवारलाई संक्रमण भेटिएन


- दृष्टि न्युज/संवाददाता

0
Shares

कठमाडौं, १७ चैत ।
नेपालमा अहिलेसम्म कोरोना विस्तार नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा पाँच जनालाई संक्रमण भएको पुष्टि भएकोमा उनीहरु सबैलाई विदेशमै सरेको थियो । उनीहरुबाट पनि अन्यमा संक्रमण नसरेको मन्त्रालयले जनाएको छ ।


सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले संक्रमित बिरामीको परिवारमा संक्रमण नदेखिएको बताए । पाँङ चमध्ये एक गत महिना नै निको भइसकेका छन् । चार जना अस्पतालमा उपचाररत छन् ।
दोस्रो बिरामी घरमै क्वारेन्टाइनमा बसेकाले उनको परिवार सुरक्षित भएको हो । धादिङ घर भएका बिरामीले पनि धेरै जनालाई भेटेका थिएनन् । उनले भेटेका केही व्यक्तिमा नेगेटिभ रिपोर्ट आएको छ । बाग्लुङ र कैलालीका बिरामीले भने धेरैलाई भेटेकाले संक्रमण सारेको आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्