काठमाडौं । अगामी वैशाख १५ गते हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार दिउँसो ३ बजेसम्म ७ जनाको उम्मेदवारी दर्ता भएको छ ।

इलाम क्षेत्र नम्बर २ का मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेकाअनुसार हालसम्म जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी, मंगोल नेश्नल अर्गनाइजेसनका मनेबहादुर लिम्बुले उम्मेदवारी दर्ता गराएका छन् ।
साना दलहरूको गठबन्धनबाट स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बु, अर्का स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमले पनि मनोनयन दर्ता गरेका छन् । नेकपा एकीकृतबाट जितबहादुर राई र नेकपा एमालेबाट सुहाङ नेम्वाङले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत घिमिरेलजानकारी दिए ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेपाली कांग्रेस र केही स्वतन्त्र उम्मेदवारहरू मनोनयन दर्ता गर्ने प्रक्रियामा रहेका छन् ।














