Logo
Logo

स्वास्थ्य सामान खरिदको नैतिक जिम्मेवारी लिन्छु : स्वास्थ्यमन्त्री ढकाल


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १८ चैत ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना नियन्त्रणका लागि चीनबाट ल्याएका औषधिजन्य सामग्री व्यावसायीसँग प्रतिस्पर्धा गराएर ल्याइएकाले कुनै अनियमिता नभएको दाबी गरेका छन्। मन्त्रालयमा सोमबार सरकारी सञ्चारमाध्यमसँग कुरा गर्दै उनले रीतपूर्वक बोलपत्र आह्वान गरेर चीनबाट सामग्री ल्याइएको र त्यसको नैतिक जिम्मेवारी आफूले लिने बताए ।

हिजो र आजको दर देखाएर अनियमिता र्गयो भन्ने कुरा जायज नभएको उनको भनाइ थियो। उनले आफूले राजनीतिक पदमा रहेसम्म पदको दुरुपयोग गरेर एक पैसा पनि नकमाउने दृढता व्यक्त गरे। ’महामारीको काराणले सामग्री किन्ने क्रममा केही महँगो हुनसक्छ’, उनले भने, ’यसमा एक इञ्च पनि सरकार, मन्त्रालय र मन्त्रीकोतर्फबाट हामीले अनियमिता गरेका छैनौँ। त्यो अनियमिता नगरेको कुरा अहिले मात्र नभई भोलि जुनसुकै ठाउँमा पनि उभिएर नैतिक जिम्मेवारी लिएर जवाफदेही वहन गर्ने छु।’ उनले महामारीका बेला अरु विषय नपाएर औषधिजन्य सामग्रीमा अनियमितता भयो भन्ने आशङ्का गरेर आफ्नो चरित्र हत्या गर्न खोजिएको समेत बताए। ’औषधिजन्य सामग्री ल्याउने काम नहुँदासम्म त्यो ल्याउने काम नभएको भन्ने र काम भइसकेपछि आत्तिएर विभिन्न खालको वहाना र आरोप लगाउने काम भएको छ’ उनले भने, ’यस्ता कुराले मन्त्रीलाई काम गर्ने कुरामा अलिकति ब्रेक लगाउन सकिन्छ कि भन्ने मनशाय होला। तर आन्दोलनमा जन्मिएको, हुर्किएकाले अहिलेसम्म यस्ता धेरै अग्निपरीक्षा पास गर्दै आएको छु। यसको पनि सामना गर्न तयार छु।’

उनले कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बैठकबाट निर्णय गरेर एक दिन सार्वजनिक सूचना दिने र भोलिपल्ट इच्छुक व्यवसायीलाई बोलाई छलफल गरेर चीनबाट सामान ल्याउने निर्देशनअनुसार नै औषधि ल्याइएको स्पष्ट गरे। ’प्रतिकूल अवस्थामा औषधि ल्याउने समितिको निर्देशनअनुसार बोलपत्र आह्वान गरिएको थियो। त्यो आह्वानमा दुई कम्पनीले मात्र औषधि ल्याउने आशयको पत्र बुझाएका थिए’ उनले भने ,’ तर छलफलका क्रममा दुईमध्ये एक कम्पनीले अहिलेको स्थितिमा औषषि ल्याउन सक्दिन भन्यो। बाँकी वैधानिकरुपमा आएको एकवटा कम्पनीसँग उसले राखेको दरभन्दा ०.५ प्रतिशत कममा औषधि ल्याउने सहमतिअनुसार ल्याइएको हो।’ मन्त्री ढकालले अर्को प्रसंगमा अतिजोखिम र प्रभावित मुलुकबाट विदेशबाट आएका व्यक्तिले राज्यले बनाएको मापदण्ड नमान्दा सङ्क्रमण फैलिने डर भएको बताए। थपिएको समय उच्च जोखिममा उनले थप गरिएको लकडाउन अवधि समय उच्च जोखिमको अवधि रहेको बताए।

निजी अस्पताललाई कारबाहीको चेतावनी
निजीलाई कडाइ उनले निजी अस्पतालले बिरामीलाई उपचार नगरेरै अन्त सिफारिश गर्ने गरेको आफूले थाहा पाएको बताउँदै त्यस्ता अस्पताललाई कारवाही गरिने चेतावनी दिए। उनले ज्वरो बढी भएका बिरामीलाई राख्नका लागि चारपाँच आइसोसेलेशन बेड राख्न निजी अस्पताललाई भनिएको जानकारी पनि दिए। ’ती अस्पतालले ज्वरो, रुघाखोकी लागेको सामान्य बिरामीलाई उपचार गर्दिनँ भन्न पाउँदैनन्। बढी ज्वरो आएको बिरामी र घर पठाउन नसक्ने खालका आए भने तिनलाई उनीहरुले अस्पतालमै राखेर उपचार गर्नुपर्दछ ’, उनले भने, ’ अस्पतालमा राखेपछि सम्बन्धित व्यक्ति कोभिड(१९ को सङ्क्रमण भएको अवस्थामा उनीहरुलाई सरकारले तोकेको अस्पतालमा पठाउन भनेको छौँ।’ कोरोना भाइरसविरुद्ध एकताबद्ध र साझा प्रतिबद्धता लिएर

प्रतिक्रिया दिनुहोस्