Logo
Logo

मानवअधिकार आयोगमा विवाद, दुई सदस्यको जिम्मेवारी खोसियो


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, ६ माघ ।
राष्ट्रिय मानवअधिकार आयोगमा विवाद बढेको छ । विवादपछि अध्यक्ष अनुपराज शर्माले दुई आयुक्तका महत्वपूर्ण जिम्मेवारी खोसेका छन् ।


आयुक्त सुदीपराज पाठक र मोहना अन्सारीको जिम्मेवारी खोसिएको हो । पाठकको अनुसन्धानसम्बन्धि जिम्मेवारी खोसिएको छ भने अन्सारीलाई प्रवक्ताको जिम्मेवारीबाट हटाइएको छ ।
जिम्मेवारीअनुसार काम नगरेको र विभिन्न संस्थाहरुको स्वार्थमा लागेको भन्दै शर्माले जिम्मेवारी खोसेका हुन् । अनुसन्धानको जिम्मेवारी गोविन्द शर्मा पौडेललाई दिइएको छ भने प्रवक्ताको जिम्मेवारी सचिव बेदप्रसाद भट्टराईलाई ।
पाठकले सुरक्षा सम्बन्धि विषय हेर्दथे । उनले प्रहरीबाट भएका इन्काउन्टर घटनाको समेत छानबिन गरेका थिए । तर, त्यसमा प्रहरीको प्रष्ट बदनियत देखिँदा पनि प्रहरीको पक्षमा निर्णय गरेपछि विवाद भएका थिए । साथै विभिन्न समूहका लागि उनले काम गरेको आरोप लागेको छ ।
अर्की सदस्य अन्सारी त एनजिओहरुको प्रभावमा पर्दै आएकी छिन् । विगतमा पनि उनी विवादमा परेकी थिइन् । सामाजिक सञ्जालबाटै प्रहरीलाई विभिन्न निर्देशन दिने तथा पदीय मर्यादाविपरीत टिप्पणी गर्दै आएकाले उनको आलोचना हुँदै आएको छ । मधेस आन्दोलनका क्रममा पनि उनले आन्दोलनको पक्ष लिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्