Logo
Logo

कोरोना कहर : चीनमा थप ३६ जनामा संक्रमण देखियो


- दृष्टि न्युज/संवाददाता


बेइजिङ, १९ चैत (सिन्ह्वा) । चीनमा थप ३६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । मंगलबार थप संक्रमित देखिएको चिनियाँ स्वास्थ्य अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।
मंगलबार कोरोना भाइरस संक्रमित देखिएका ३६ जनामा ३५ चीनकै नभएर बाहिरबाट आएका समाचारमा जनाइएको छ । एक जना मात्र चीनको गुआङ्डोङ प्रान्तको भएको बताइएको छ ।
यसैगरी मंगलबार कोरोना भाइरस संक्रमणको कारण सात जनाको मृत्यु भएको जनाइएको छ । मृत्यु भएका सात व्यक्तिमा ६ जना हुबेई प्रान्तको एक जना शाघाईका रहेका छन् । चीनको हुबेइ प्रान्तको उहान शहरबाट गत डिसेम्बरको अन्त्यबाट शुरु भएको कोभिड–१९ बाट विश्वभरी आजसम्म ४२ हजार ३४४ को मृत्यु भईसकेको छ ।
बुधबार प्राप्त पछिल्लो विवरणअनुसार संंंसारभर आठ लाख ६० हजार १७८ जना कोरोना भाइरसबाट संक्रमित भएका विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेकोे छ । यस प्रकोपबाट चीनमा ८१ हजार ५५४ कुल संक्रमित भएका छन् भने, तीन हजार ३१२ को मृत्यु भएको छ । यसैबीच ७६ हजार २३८ निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्