Logo
Logo

२४ जनाको टोलीसहित अष्ट्रेलिया उड्यो निगमको वाइड बडी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १९ चैत । नेपाल वायुसेवा निगमको वाइड बडी जहाज अष्ट्रेलिया उडेको छ । एयरलाइन्सको वाइड बडी एयरबस ३३० जहाज साँझ ६ः१२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गन्तब्यतिर उडेको हो ।
निगमले मलेसियाको क्वालालम्पुर हुँदै अष्ट्रेलियाको शहर ब्रिश्वेन पुग्ने गरी उडान तालिका बनाएको थियो । निगमको उड्डयन इतिहासमै पहिलोपटक वाइड बडी जहाजले लामो गन्तब्यको उडान भर्न लागेको हो । मलेसिया ट्रान्जिट हुँदै अष्टे«लियासम्मको यो उडान करिब १३ घण्टाको हुनेछ ।
आरए उडान नं ४१३१ को वाइड बडी जहाजले अष्टे«लिया र न्यूजिल्याण्डका नागरिकका निम्ति उद्धार उडान गर्न लागेको निगमका अपरेशन विभाग प्रमुख दिपु जहार्चनले बताए । उनले ६ जना चालक दलसहित २४ जनाको सञ्चालन टोली र २५० यात्रुसहितको उक्त अद्घितीय उडान फेरी क्वालालम्पुर हँुदै बिहीबार राति नेपाल अवतरण गर्ने तालिका रहेको जानकारी दिए ।
वाइड बडी जहाज बिहीबार राति १०ः५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । निगमले बिहीबार चीनको ग्वाङ्जाओ गन्तब्यमा कार्गो उडान गर्दैछ । चीनबाट कोभिड–१९ का लागि आवश्यक औषधि र उपकरण ल्याउन व्यवसायीले निगमको वाइड बडी जहाज चार्टर्ड गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्