Logo
Logo

लकडाउनमा प्रहरीद्वारा ड्रोनमार्फत अनुगमन (भिडियोसहित)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १९ चैत ।
कोरोना भाइरस (कोभिड(१९) संक्रमणको कारण नेपाल सरकारद्वारा घोषणा गरिएको देशव्यापी लकडाउन अनुगमनको लागि नेपाल प्रहरीले ड्रोनको समेत प्रयोग गरेको छ ।


विश्वव्यापी महामारीको रुपमा देखिएको उक्त भाइरसको कारण उत्पन्न विषम परिस्थितिमा घोषणा गरिएको देशव्यापी आवतजावत एवम् यातायात संचालनमा रोक (लकडाउन) अनुगमनको लागि २ वटा ड्रोनको प्रयोग गरी काठमाडौं उपत्यकामा अनुगमन शुरु गरिएको प्रहरी प्रवक्ता एसएसपी उमेशराज जोशीले बताए ।

सबै ठाउँमा प्रहरी पुग्न नसक्ने भएकाले ड्रोनमार्फत अनुगमन गर्ने र कतै लकडाउन अवज्ञा भएको पाइएमा तत्काल प्रहरी पठाइने गरिएको छ ।

भिडियाे-

प्रतिक्रिया दिनुहोस्