Logo
Logo

इन्टरनेटमा छुट तुहियो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १९ चैत । सरकारले आइतबार साँझ घोषणा गरेको इन्टरनेट छुटको घोषणा तुहिएको छ । सरकारको घोषणाबमोजिम ग्राहकलाई लकडाउन अवधिको शुल्कमा २५ प्रतिशत छुट दिन दुरसञ्चार प्राधिकरणले पठाएको पत्रको जवाफमा इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान)ले हालको अवस्थामा उक्त सुविधा दिन नसकिने व्यहोरा उल्लेख गरेको छ ।
बरु उल्टै संघले लकडाउनको कारण आफूहरूलाई सरकारी राहत प्याकेज उपलब्ध गराइदिन प्राधिकरणसँग माग गरेको छ । विशेषगरी अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले सस्तो लोकप्रियताको लागि हचुवाको भरमा ल्याएको उक्त प्रस्तावलाई सरकारले निर्णय गरेपनि संघको विमतीले तुहिने पक्कापक्की देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्