Logo
Logo

फिलिपिन्सकामा लकडाउन उग्लंघन गर्नेलाई गोली हान्न आदेश


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २० चैत (एजेन्सी) । फिलिपिन्सकामा राष्ट्रपति रोड्रिगो डुटर्टेले लकडाउन उग्लंघन गर्नेलाई गोली हान्न प्रहरीलाई आदेश दिएको छ । राष्ट्रपति रोड्रिगोले पुलिस र सेनालाई लुजोनको टापुमा लागू गरिएको एक महिने लकडाउनका बेला समस्या निम्त्याउने जोकोहीलाई गोली हान्न आदेश दिएका हुन् ।
बुधबार राति टेलिभिजनमार्फत सम्बोधन गर्दै रराष्ट्रपति रोड्रिगोले भने, ‘मेरो आदेश प्रहरी र सेनाका अधिकारीलाई हो । यदि कसैले झगडा गर्छ र तपाईंको ज्यानलाई खतरा हुने स्थिति निम्त्याउँछ भने उनीहरुलाई गोली ठोक्नुहोस् ।’
कोरोना भाइरस संकमण रोकताम तथा नियन्त्रणका लागि भन्दै सरकारले एक महिना लामो लकडाउन गरेपछि त्यहाँ खाद्य सहायताको माग गर्दै प्रर्दशन जनप्रदर्शन गरिएको थियो । सो प्रदर्शनका क्रममा मनिलाको क्युजन सिटीबाट बुधबार २१ जना पक्राउ गरिएका छन् । सरकारसँग राहत माग्दै जनता प्रदर्शन उत्रिन थालेपछि राष्ट्रपति रोड्रिगोले यस्तो कदम चालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्