Logo
Logo

विश्वका २६ जना पूँजीपतिहरु संग ३ अर्ब ८० करोड जनताको वरावर सम्पति


- दृष्टि न्युज/संवाददाता




विश्वका २६ जना पूँजीपतिहरु संगको सम्पति र विश्वका आधा जनता अर्थात ३ अर्ब ८० करोड गरिव जनताको सम्पति वरावर रहेको एक रिपोर्टमा जनाइएको छ । विश्व आर्थिक मन्चको वैठक स्वीट्जरलैण्डमा हुन गैरहेको वेला अक्सफामले जारी गरेको आर्थिक असमानता सम्वन्धी रिपोर्टमा सो कुरा उल्लेख गरिएकोछ ।

विश्वमा आर्थिक असमानताले तीब्र गति लिइरहेको सो रिपोर्टमा जनाइएकोछ । सन् २०१८ मा धनीहरुको सम्पति १२ प्रतिशतले वृद्धि हुँदा गरिवहरुको सम्पति भने ११ प्रतिशतले घटेकोछ । यहि कारणले गर्दा सन् २०१७ मा विश्वका आधा जनताको सम्पति र विश्वका धनी ४३ जना पूँजीपतिहरुको सम्पति वरावर रहेकोमा अहिले घटेर २६ जना पूँजीपतिको सम्पति र विश्वका आधा जनताको सम्पति वरावर हुन पुगेको हो ।

पूँजीपतिहरु र पूँजीवादी कथित लोकतन्त्रवादीहरुले जति सुकै वर्तमान लोकतन्त्रको वखान गरेपनि यसले विश्वमा आर्थिक असमानता चर्काउँदै लग्ने माक्र्स लेनिन माओको विश्लेषण सही सावित भएको छ । आज २१ जनवरी लेनिनको स्मृति दिवस पनि हो । लेनिनको सन् १९२४ जनवरी २१ का दिन निधन भएको थियो ।

उक्त रिपोर्टमा जनाइए अनुसार यदि १ प्रतिशत मात्रै सम्पति कर लगाउने हो भनेपनि यसवाट ४१८ अरव डलर जम्मा हुन्छ । यसवाट आर्थिक अभावका कारण विश्वका २६ करोड स्कुल नजाने वालवालिकाहरुलाई शिक्षा दिन तथा अनाहकमा सामान्य उपचार नपाएर मृत्युवरण गर्ने ३० लाख मानिसलाई मृत्युको मुखवाट वचाउन सकिन्छ ।

अक्सफाम संस्था कुनै कम्युनिष्ट संस्था होइन । यो युरोपमा मुख्य कार्यालय भएको पूँजीवादी च्यारिटी संस्था हो । यसको रिपोर्टले माक्र्सवादको औचित्यलाई पुनः सावित गरेकोछ ।
रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्