Logo
Logo

कोल्टीमा चिकित्सक पठाउन माग, क्वारेन्टाइनको जिम्मा स्थानीय तहलाई


नन्दा थापा


  • नन्दा थापा

बाजुरा, २० चैत । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक उपलब्ध गराउन जिल्ला विपद् व्यवस्थापन समितिले अनुरोध गरेकोे छ । कोरोनाको संक्रमण बढ्दै गएपछि महिनौँदेखि डाक्टरविहिन रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार सेवा सहज पार्न डाक्टर पठाउन अनुरोध गर्ने निर्णय गरेको हो ।


समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सामाजिक विकास मन्त्रालय र बुढीनन्दा नगरपालिकालाई अनुरोध गर्ने निर्णय गरेको समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले बताएका छन् ।
अधिकारी न्यौपानेको अध्यक्षतामा बसेको बैठक कोल्टी क्षेत्रबाट सडक सुविधा असहज रहेको र संक्रमण फैलिए सामान्य चेकजाँच गर्नेका लागि पनि जिल्ला अस्पताल ल्याउनुुपर्ने अवस्था रहेकोले तत्काल डाक्टर पठाउन अनुरोध गर्ने निर्णय गरेको बैठकमा सहभागी नेकपा नेता जनककुमार बोहराले बताएका छन् ।
समितिले जिल्ला बाहिरबाट आउनेहरुलाई स्थानीय तहको जिम्मा लगाउने र अनिवार्य क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ । विना चेकजाँच सवारी साधानको प्रयोग गरि आएकाहरुलाई नियमअनुसार क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ ।
मौजाद अवस्थामा रहेको दैनिक उपभोग्य समानको अभाव नरहेको र लकडाउनको अवस्था लम्बीएपनि अभाव हुन नदिन उपभोग्य समान ढुवानी गर्न र थप मौजादका लागि अनुरोध गर्ने निर्णय छ । टेलिकम, विजुली र खानेपानी लगायतका अत्यावश्यक सेवा प्रवाहमा जिम्मेवारी बहन गर्ने तथा सहज बनाउने र खानेपानी आपूर्तिका लागि सहजिकरण खानेपानी निर्णय गरेको छ ।
क्वारेन्टाइनमा बसेका सर्वसाधरणको खान, बस्न र अन्य सुविधाको खर्च सम्बन्धीत स्थानीय तहले बेहोर्ने र सकेसम्म जिल्ला अस्पताल ल्याउन सहज हुने स्थानमा नै क्वारेन्टाइन बनाउने निर्णय गरेको छ । विरामीलाई तत्काल जिल्ला अस्पतालसम्म पुर्याउनका लागि निजी सवारी साधानलाई तत्काल एम्बुलेन्सको स्वपमा प्रयोग गर्न तयारी अवस्थामा राख्ने गरि प्रशासन कार्यालयले अनुमति दिने निर्णय गरेको छ ।
यसैगरी प्रदेश सरकारले बुढीगंगा नगरपालिकालाई बन्दबोडी एम्बुलेन्स (कोभिड–१९)सँग सम्बन्धित विरामीलाई मात्र बोक्ने गरि प्रबन्ध मिलाउने जिम्मेवारी नगरपालिकालाई दिने र समन्वय गरि जिल्ला अस्पतालले सञ्चालन गर्ने गरि सहकार्य गर्ने निर्णय गरेको छ ।
जिल्ला समन्वय समिति प्रमुख नरेन्द्रकुमार रोकाया बडिमालिका नगरपालिकाका प्रमुख पदम बडुवाल, गौमुल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकाया, सुरक्षा निकायका प्रमुख, सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिसहितको सहभागिता रहेको थियो ।

कोरोनाको आशंकमा स्वाब परिक्षणका लागि धनगढी पठाइयो
यसैबीच कोरोनाको आशंका गरिएका व्यक्तिको स्वाब नमुना परिक्षणका लागि धनगढी पठाइएको छ । कोरोना संक्रमणसँग मिल्ने लक्षण देखिएपछि जिल्ला अस्पताल बाजुराको आइसोलेशन कक्षमा राखिएको व्यक्तिको स्वाब परिक्षणका लागि बुधबार धनगढी पठाइएको हो ।
जिल्ला अस्पताल बाजुराका गौमुलका १६ वर्षका एक जनालाई आइसोलेशन कक्षमा राखिएको छ । गौमुल गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बस्दै आएका ती व्यक्ति केही दिनपहिले भारतको राजधानी नयाँ दिल्लीबाट नेपाल आएका थिए ।
ज्वरो आउने, खोकी लाग्नेजस्ता लक्षण देखिएकोले उपचारका लागि आइसोलेशन कक्षमा राखिएको भएपनि अवस्था सामान्य रहेको कायालय प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले बताएका छन् । इमजेन्सी औषधी प्रयोग गर्नु पर्ने अवस्था नभएको र परिक्षणका लागि नमुना पठाइएकोले संक्रमण बारे तत्काल भन्न नमिल्ने डाक्टर रुपचन्द्र विश्वकर्माले जानकारी दिएका छन् ।
स्वाब बिहिबार धनगढी पुगेर परिक्षणपछि कोरोना भए÷नभएको जानकारी आउने अस्पतालले बताएको छ । अत्याधिक ज्वरो आएपछि क्वारेन्टाइमबाट मंगलबार मात्र जिल्ला अस्पताल बाजुरा पठाएर आइसोलेशनमा राखिएको हो । जिल्लामा हाल ९२ जना क्वारेन्टाईमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्