Logo
Logo

लकडाउनमा हिरासतबाट भागे तीन अभियुक्त


- दृष्टि न्युज/संवाददाता


सुर्खेत, २० चैत ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका तीन जना थुनुवा बुधबार राति फरार भएका छन् । राति झ्याल फोडेर उनीहरु फरार भएको प्रहरीले जनाएको छ ।


लागूऔषध कारोबार अभियोगमा उनीहरू पक्राउ परेका थिए । वीरेन्द्रनगर ६ का २६ वर्षीय रोशनराज रेग्मी, सोही ठाउँका २० वर्षीय सुनिल थारु, वडा ११ मा बस्ने २१ वर्षका सन्देश केशरा फरार भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतको पक्की थुनुवा घरको पछाडी भागको झ्याल फोडेर उनीहरु फरार भएको प्रहरी स्रोतले जानकारी दिएको छ । घटनाको अनुसन्धान भइरहेको र भाग्नेहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्