Logo
Logo

कोरोना त्रास : नयाँ मानिसलाई प्रवेशमा रोक लगाउँन छेकबार


कोरोना त्रास

0
Shares

  • वीरेन्द्र रावल

धनगढी, २० चैत । भारतका विभिन्न स्थानबाट नेपाल आएका नेपाली कामदारहरु ‘क्वाइरेन्टाइन’मा नबसी आ–आफ्नो घर प्रवेश गरेपछि कोरोेना भाइरस संक्रमणको भित्रिने होकी भन्ने त्रासमा रहेका कैलालीको दुर्गम पहाडी मोहन्याल गाउँपालिकाले नाकाहरुमा छेकबारहरु निर्माण गर्न थालेको छ ।


भारतबाट नेपाल प्रवेश गरेका मानिसहरु ‘क्वाइरेन्टाइन’मा नबसी सोझै गाउँ प्रवेश गर्न थालेकाले एक प्रकारको त्रास वातावरण सिर्जना भएकाले मानिस प्रवेशमा छेकबार गरिएको मोहन्याल–४ का भुवन बोगटीले बताए । उनले भारतबाट आएका मानिसलाई रोक्ने र १४ दिनसम्म क्वाइरेन्टाइनमा बस्न बहिष्कार गरेर घर प्रवेश गरेको पनि बताए ।
गाउँपालिकाले विदेशबाट आउने नयाँ व्यक्तिलाई क्वाइरेन्टाइनमा राख्नका लागि स्थानीयस्तरमा पहल गरिएको बताउँदै विद्यलय भवनहरुलाई खाली गरेर बेडको व्यवस्था गरेको बताए । तर, उनीहरु अटेर गरेर घरमै बस्न थालेपछि स्थानीइ त्रसित भएकाले पूर्वतर्फको कर्णाली चिसापानी र पश्चिमतर्फको फलेबिसौनी नाकामा छेकबार लगाउन गाउँबासीहरु बाध्य भएको मोहन्याल–३ फलेबिसौनीका भवानी देवकोटाले बताएका छन् ।
देवकोटाले भने, ‘नयाँ मानिसलाई सोझै घर प्रवेश नगर्नु भन्दा समेत अटेर गरेको पाइयो, कदाचित संक्रमण फैलियो भने पनि अवस्था नाजकु हुने देखिएपछि गाउँबासीले छेकबार लगाउन थालेका हुन् ।’
यस्तै कर्णाली चिसापानीस्थित पूलचौक क्षेत्रमा पनि नयाँ मानिस गाउँ प्रवेश नगरुन् भन्नका लागि स्थानीयले छेकबार लगाएका छन् । स्थानीय पदम भण्डारीका अनुसार १६ जना जतिलाई कर्णाली आधारभूत बिद्यालयमा क्वारेन्टाइनमा रारिएको छ । उनीहरु सबै भारतबाट आएका हुन् ।
मोहन्याल गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत जयानन्द जैशीका अनुसार भारतका विभिन्न स्थानबाट आएका १६ जनाबाहेक अन्य २ सय ५२ जनाजति गाउँपालिकामा प्रवेश गरिसकेका छन् । गाउँपालिकाले क्वारेन्टाइनमा राख्नका लागि भरमग्दुर प्रयास गर्दापनि ठुलो संख्यामा मानिसहरु घरमा प्रवेश गरिसकेका छन् ।
मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलले प्रदेश र संघीय सरकारले सो गाउँपालिकामा एक वटा पनि तामक्रम नाप्ने गन थर्मामिटर उपलब्ध गराउन नसकेको बताए । उनले तापक्रम नाप्ने थर्मामिटर नहुँदा गाउँ प्रवेश गरेका नयाँ व्यक्तिको तापक्रम नाप्न समेत कठिनाइ भैरहेको बताए ।
कैलाली जिल्लाको मोहन्याल जिल्लाकै सबैभन्दा ठूलो २८ प्रतिशत भु–भाग ओगटेको दुर्गम गाउँपालिका हो । यस गाउँपालिकामा स्वासथ्य, यातायातलगायतका सेवाहरु पुग्न नसकेका कारण विभिन्न प्रकोप आउँदा स्थानीय भगवान भरोसामा पर्छन् ।

प्रतिक्रिया दिनुहोस्