Logo
Logo

पुदिनाको प्रयोगले के के फाइदा गर्छ ?



काठमाडौं । पुदिना नेपालको जुनसुकै ठाउँमा पाइन्छ । विशेषगरी पहाडी भेगमा पुदिना प्रसस्त पाइने गरिन्छ । ओसिलो ठाउँ, खोलाको किनारलगायत स्थानमा यो आफैं उम्रिएको हुन्छ । चर्को घाम नपर्ने ठाउँमा यसलाई रोपेर हुर्काउन पनि सकिन्छ ।

यसलाई ताजा एवं सुकाएर दुवै रूपमा प्रयोग गर्न सकिन्छ । पुदिनालाई चियामा वा तातो पानीमा मिलाएर खाना सकिन्छ । यसलाई आचारको रूपमा पनि प्रयोग गर्ने गरिन्छ । पुदिना थुप्रै आयुर्वेदेक औषधिमा प्रयोग गरिएको हुन्छ । पुदिना बहुउपयोगी जडिबुटी हो ।

पुदिनाका सात फाइदाहरु
१. पुदिनाले खाना पचाउन सहयोग गर्नुका साथै तौल घटाउन, थकान घटाउनेलगायत काम गर्छ ।

२. पुदिना दम, स्मरणशक्ति कमजोर भएको र छालाका समस्या कम गर्न पनि उपयोगी मानिन्छ । यसले छालामा चमक ल्याउने, सफा राख्न मद्धत गर्ने, डन्डिफोर आउन नदिने काम गर्छ ।

३. बान्ता हुने तथा टाउको दुखाइको समस्या समाधान पनि गर्छ ।

४. पुदिनाले नाक, घाँटी, स्वासनली तथा फोक्सोको बाटोलाई खोल्ने तथा श्वासप्रश्वासलाई सहज बनाउन मद्दत गर्छ । पुदिनाले खोकी कम गर्न पनि सहयोग गर्छ ।

५. दमका बिरामीलाई पनि पुदिना लाभदायक मानिन्छ ।

६. पुदिनाको प्रयोग तौल नियन्त्रका लागि उपयोगी छ । यसले आलस्यता पनि हटाउँछ ।

७. पुदिनाले जिब्रो र दाँत पनि सफा राख्न, कपाल झर्नबाट रोक्न पनि मद्दत गर्छ ।

प्रतिक्रिया दिनुहोस्