Logo
Logo

फेदापमा नौजना क्वारेन्टाइनमा, १५ सय मास्क सहयोग


- दृष्टि न्युज/संवाददाता

63
Shares

काठमाडौं, २० चैत । तेह्रथुम फेदाप गाउँपालिकालाई १५ सय पिस मेडिकल सर्जिकल माक्स प्रदान गरिएको छ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको त्राससँगै बजारमा माक्सको अभाव भइरहेको बेला गाउँपालिकालाई बिहीबार उक्त माक्स प्रदान गरिएको हो ।
उक्त मास्कमा फेदाप गा.पा–१ (साविक) सिम्ले–६ बाजबोटेका तिर्थराज कुरुम्बाङ र टंकप्रसाद कुरुम्बाङ लिम्बूले उपलब्ध गराएको फेदाप गाउँपालिका नेकपा सचिवालयको सदस्य किरण कुरुम्बाङले बताए । उक्त माक्स गाउँपालिकाका उपाध्यक्ष गीतादेवी थापालाई हस्तान्तरण गरिएको थियो ।
हाल काठमाडौंमा बस्दै आएका तिर्थराज फेदापको नेकपा गाउँपालिका संगठन कमिटी सदस्य हुन् भने टंक हाल मकाउमा कार्यरत छन् । समाजसेवामा समेत सक्रिय तिर्थराज र टंक नाताले दाजुभाई हुन् । उपलब्ध मास्क गाउँपालिकाको पाँच वटै वडालाई वितरण गरिने किरणले बताए ।
यसैबीच बिहीबार नै गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा नौ जनालाई राखिएको छ । उनीहरुलाई इलामको पशुपतिनगरबाट तेह्रथम पठाइएका हुन् । क्वारेन्टाइनमा राखिएकाहरु सबै फेदाम–२ का हुन् । कोरोना भाइरसको संक्रमणबाट बच्न र रोकथामका लागि गाउँपालिकाले सबै किसिमका सर्तकता अपनाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्