Logo
Logo

मर्यादाक्रममा अख्तियारको समेत असन्तुष्टि, सच्याउन सरकारलाई आग्रह


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, ७ माघ ।
सरकारले हालै परिमार्जन गरेको मर्यादाक्रमका सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग समेत असन्तुष्ट देखिएको छ । सोमबार बसेको आयोगको बैठकले मर्यादाक्रम सच्याउन उसले आग्रह गर्ने निर्णय गरेको छ ।


आयोगको बिज्ञप्तीमा भनिएको छ,‘नेपाल सरकारले हालै जारी गरेको राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका महानुभावहरुको मर्यादाक्रम निर्धारणप्रति यस आयोगको ध्यानाकर्षण भएको छ । संवैधानिक पदाधिकारीले अध्यक्षता गर्नुपर्ने विभिन्न बैठकहरुमा सदस्य रहने पदाधिकारीहरुको मर्यादाक्रम संवैधानिक पदाधिकारीहरूभन्दा माथि रहेको तर संवैधानिक पदाधिकारीहरुको मर्यादाक्रम साविकको भन्दा निकै तल्लो क्रममा रहँदा कार्य सम्पादन प्रक्रिया तथा बैठक सञ्चालनको न्यूनतम् मूल्य मान्यता समेत प्रभावित हुने अवस्था सिर्जना हुन जाने तथा मनोबलमासमेत असर पर्न जाने हुँदा मर्यादाक्रम निर्धारण गर्दा परम्परा, प्रचलित कानून, पदबाट सम्पादन हुने कार्य र गरिमा समेतलाई आधार मानी संवैधानिक निकायका आयुक्त एवं सदस्यहरुको मर्यादाक्रम साविकको जस्तै संवैधानिक प्रमुखहरुको लगत्तैपछि राख्ने गरी मर्यादाक्रम निर्णयको पुनरावलोकन हुन आयोग नेपाल सरकार समक्ष आग्रह गर्दछ ।’
यसअघि लोक सेवा आयोग तथा निर्वाचन आयोगले समेत मर्यादाक्रम सच्याउन आग्रह गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्