Logo
Logo

कोरोना नियन्त्रणमा खटिने सबै सेना -प्रहरीलाई भत्ता दिने निर्णय


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २० चैत ।
कोरोना नियन्त्रणमा खटिने सबै जसो सेना÷प्रहरीलाई सरकारले प्रोत्साहन भत्ता दिने भएको छ । १६ गते बसेको मन्त्रिपरिषद्को बैठकले डिउटीमा खटिने सबैलाई कामको प्रकृती हेरेर दैनिक तीन सय रुपैयाँ खाजा खर्चदेखि सुरु तलबमानअनुसार शतप्रतिशतसम्म भत्ता दिने निर्णय गरेको हो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले यस्तो भत्ता पाउनेछन् । प्रधानमन्त्री कार्यालकया एक अधिकारीका अनुसार )पर्सनल प्रोटेक्सन इक्विपमेन्ट(पिपिई) लगाएर पेसेन्ट रिसिभिङ टिम(पिआरसीमा काम गर्ने सुरक्षाकर्मीले शतप्रतिशत भत्ता पाउनेछन् । संक्रमित तथा शंकास्पद बिरामीलाई अस्पताल लैजान सरकारले पिआरसी गठन गरेको हो ।

त्यस्तै पिपिई नलगाई पिआसी टिममा काम गर्ने र क्वारेन्टाइनको सुरक्षा तथा व्यवस्थापनमा खटिनेले तलबको ५० प्रतिशत भत्ता पाउनेछन् । डिउटीमा खटिने अन्य सुरक्षाकर्मीले दैनिक तीन सय रुपैयाँ खाजा खर्च पाउँनेछन् । त्यसका लागि कार्यालय प्रमुखले डिउटीमा खटिएको भनेर प्रमाणित गर्नुपर्ने हुन्छ ।  भत्ता हिनामिना हुन नदिन सम्बन्धित प्रहरीको बैंक खातामा जम्मा गर्न भनिएको छ ।

सरकारले स्वास्थ्यकर्मीलाई भत्ता दिने तर सुरक्षाकर्मीलाई नदिएको भन्दै गुनासो आएपछि स्वास्थ्यकर्मीलाई समेत दिने निर्णय भएको हो ।

प्रतिक्रिया दिनुहोस्