Logo
Logo

मलेसिया जाने कामदारको विवरण माग, ब्यवसायीको बैठक बस्दै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ७ माघ । बैदेशिक रोजगार विभागले ब्यवसायीहरुसँग मलेसिया रोजगारीका लागि कलिङ भिसा प्राप्त गरिसकेका कामदारको विवरण माग गरेको छ ।

सोमबार सरकारले भिसा लागिसकेकाको कामदारको विवरण माग गरिसकेपछि बैदेशिक रोजगार ब्यवसायी संघको बैठक केहीबेरदेखि बसिरहेको छ । जुन बैठकबाट कामदारको विवरण संकलन गरी बुझाउने बताइएको छ । ब्यवसायीले १० हजार कलिङ भिसा प्राप्त गरिसकेका कामदार श्रम सम्झौता भइसकेपछि पनि मलेसिया जान नपाएको भन्दैआएको छ । विभागले २० श्रमिकलाई माघ २ गते नै ब्यक्तिगत श्रम स्वीकृति प्रदान गर्न काठमाडौं कार्यालयलाई पत्र लेखेको थियो । २०७५ कात्तिक १२ मा नेपाल र मलेसियाबीच श्रम सम्झौता भएपछि १० हजार भिसा लागिसकेका कामदारलाई तत्कालै पठाउने सहमति भएको थियो । तर आफैंले कारबाही गरेका भेण्डरहरु परिवर्तन नगरेसम्म कामदार मलेसिया नपठाउने अडानमा श्रममन्त्री गोकर्ण बिष्ट थिए ।

प्रतिक्रिया दिनुहोस्