Logo
Logo

पोखरामा भेटियो सातौँ कोरोना पोजिटिभ


- दृष्टि न्युज/संवाददाता

0
Shares

कास्की, २१ चैत । पोखरामा एक जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणमा एक व्यक्तिमा कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।
भारतबाट फर्किएका कास्कीका एक व्यक्तिको परीक्षणका क्रममा पोजेटिभ रिपोर्ट प्रतिष्ठानले जनाएको छ । उनको थ्रोट स्वाब पुनः परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको जनाइएको छ ।
हालसम्म नेपालमा ६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । संक्रमित सबै विदेशबाट आएका हुन् । दोस्रो, तेस्रो र छैटौँ संक्रमित चैत ४ गते दोहाबाट कतार एयरवेजको एउटै विमानमा आएका थिए । त्यसपछि विमानमा आएकाहरुको खोजी गर्दै परीक्षण गर्ने क्रममा बागलुङकी १९ वर्षीया किशोरीको पोजेटिभ रिपोर्ट आएको थियो । बिहीबार उनीहरुसँगै आएकी ६५ वर्षीया वृद्धामा कोरोना संक्रमण देखिएको थियो । यससँगै अहिलेसम्म नेपालमा कोरोना पोजिटिभ सात जनामा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्