Logo
Logo

रवि लामिछानेले गरे निकितासँग बिहे


- दृष्टि न्युज/संवाददाता



काठमाडौं,७ माघ।

चर्चित सञ्चारकर्मी रवि लामिछाने र चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले विवाहसम्बन्धमा गाँसिएका छन् । उनीहरूले सोमबार दिउसो काठमाडौं जिल्ला अदालतमा कोर्टम्यारिज गरेका हुन् ।


रवि र निकिता दुबै डिभोर्सी हुन्। रविले केही समयअघि २५ वर्ष लामो वैवाहिक जीवन टुंग्याएका थिए। निकिताको ७ वर्ष पहिले नै डिभोर्स भएको थियो।
रविको डिभोर्सले केही समयअघि निकै चर्चा पाएको थियो । उनकी पूर्व पत्नीले आफूलाई निकिताले समेत धम्काएको बताएकी थिइन् । रबि र निकिता केही महिनादेखि लिभिङ टुगेदरमा छन् ।

विवाहपछि रविले फेसबुकमा लेखेका छन्– ब्यक्तीगत जीवनले नयाँ मोड लिएको छ।एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा आज निकिता पौडेल जी र मैले कानुनी रुपमा काठमाडौं जील्ला आदालतमा बिवाहा दर्ता गरेका छौ।यो निर्णय यति छिटो गर्ने योजना नै थिएन। तर हामी दुबै प्रती जसरी मानसिक यातना नै हुने गरि अनवरत समाचार र खोजबीन चल्यो त्यसले हामीलाई एक अर्काको निकै खाचो पर्यो। हामी समस्त दर्शक शुभ चिन्तक,परिवार इस्टमित्रहरु बाट एउटै मात्र कुरा चाहन्छौ, आशिर्वाद। परम्परागत रुपमा हामी आउदो बैशाखमा बिवाह गर्ने छौ। यो हाम्रो नितान्त ब्यक्तिगत जीवन हो। कसैको चर्चा, आलोचना, सुझाव, ब्याख्यामा हामी अटेनौ भने हामीलाई माफ गर्नु होला। हाम्रो भोगाई र तपाईंको सोचाइ नमिल्न सक्छ। हामी दुबैजना यो निर्णयबाट एकदमै खुशी छौ। र हामी सबैबाट हाम्रो सुखद दाम्पत्य जीवनकालागि शुभ कामना मात्र चाहन्छौ।

प्रतिक्रिया दिनुहोस्