Logo
Logo

नितिन चन्दले खेलाए पारस शाहलाई म्युजिक भिडियो



काठमाडौं । पारसविक्रम शाहलाई म्युजिक भिडियो खेलाएपछि एकाएक नितिन चन्द चर्चामा आएका छन् । नितिन म्युजिक भिडियो निर्देशनमा चर्चित छन् । पारसविक्रमलाई भिडियोमा खेलाएपछि उनले थप चर्चा पाएका हुन् ।

हनिबनी, आई लभ यू, बेबी कुची कुची, सिमसिमे पानीमा, ओइ झुमा, जाउँ भनेर बोलाएको जस्ता दर्जनौँ चर्चित गीतहरूको भिडियो निर्देशन गरिसकेका नितिनले पल शाह, नायिका स्वस्तिमा खड्का, प्रकृति श्रेष्ठ, अलिशा राई, आँचल शर्मा लगायतका थुप्रै कलाकारलाई डेब्यु गराएका थिए ।

पारसलाई भिडियो खेलाएपछि नितिन चन्दले भने, ‘सोच्या जस्तो गाह्रो भएन, उहाँले हामीलाई सजिलो वातावरण बनाइदिनुभयो ।’ नितिन चन्द स्टाइलिश म्युजिक भिडियो निर्देशकका रुपमा पनि चिनिन्छन् । ‘जोनी जेन्टलम्यान’ निर्देशक नितिन चन्दको पहिलो चलचित्र हो ।

प्रतिक्रिया दिनुहोस्