Logo
Logo

स्वास्थ्य सामग्री खरिदमा मेरो संलग्नता छैन : शर्मा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २३ चैत । कोरोना भाइरसको रोकथाम तथा उपचारका लागि स्वास्थ्य सामग्रीमा खरिद कार्यमा आफ्नो कुनै संलग्न नभएको युवराज शर्माले स्पष्टिकरण दिएका छन् । उक्त मेडिकल सामग्री खरिदमा भ्रष्टाचार भएको समाचार बाहिरिएपछि चौतर्फी आलोचना भइरहेको अवस्थामा शर्माले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले उक्त कार्यमा आफ्नो भूमिका ‘राज्यलाई सहयोग र समन्वय गर्ने’मात्र रहेको जनाएका छन् ।
उनले अत्यन्तै छोटो समयमा ती सामग्रीहरु खरिद गरी ल्याउने काम असम्भवजस्तै भएको भन्दै ओम्नी समूहका सञ्चालक तुलहरि सिंह एक परिचित व्यक्ति भएको भन्दै भनेका छन्, ‘मेरो नातेदार उद्यमी व्यवसायी रबिन श्रेष्ठलाई खरिद प्रक्रियामा सहयोग गर्न अनुरोध गरेको हुँ ।’
उनले विज्ञप्तिमा भनेका छन्, ‘चीनमा व्यवसाय गर्ने मेरा नेपाली तथा चिनियाँ साथीहरुलाई सामग्री जुटाउन आवश्यक सहयोग गर्न अनुरोध गरेँ । देशमा सम्भावित महामारीको प्रकोप हुनुभन्दा पहिल्यै व्यवस्थापकीय तथा प्राविधिक रुपमा पूर्ण तयारी गर्नुपर्ने संकटको घडीमा मैले राज्यलाई केही सहयोग गर्न समन्वयको भूमिका मात्र निर्वाह गरेको हुँ ।’
उनले एक सचेत नागरिकको हैसियतले, सही नियतले गरेको सहयोगलाई गलत ढंगले अर्थ¥याइएको भन्दै ओम्नी समूहसँग यस प्रकरणसँगै विगतमा पनि विभिन्न व्यवसायिक ‘डिल’मा आफू संलग्न नरहेको दाबी गरेका छन् । शर्माले यो प्रकरणबारे सत्य–तथ्य पत्ता लगाइ बाहिर ल्याउन सरकार र सम्बन्धित निकायलाई अनुरोध समेत गरेका छन् ।
हृवाइट हाउस कलेजका सञ्चालक तथा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपालका उपाध्यक्ष शर्माको स्वास्थ्य सामग्री खरिदमा रहेको मिडियामा समाचार आएको थियो । त्यसपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्