Logo
Logo

बैशाख २ सम्म लकडाउन लम्बाउने सरकारको तयारी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २३ चैत ।
सरकारले लकडाउनको अवधि लम्बाउने भएको छ । त्यसबारे निर्णय गर्न आज मन्त्रिपरिषद्को बैठक बस्दैछ ।
उच्चस्तरीय समन्वय समितिको बैठकले कम्तीमा एक साता लकडाउन लम्बाउनुपर्ने सिफारिस गरेको छ । जसअनुसार २ बैशाखसम्म लकडाउन थप्न लागिएको हो । कोरोना संक्रमणको जोखिम कायमै भएकाले लकडाउन लम्बाउन लागिएको हो ।


खासगरी सुदुरपश्चिमका जिल्लाहरुमा संक्रमण व्यापक भइसकेको आँकलन गरिएको छ । भारतबाट आएकाहरुले धेरैलाई संक्रमण फैलाएको आशंकामा ती जिल्लामा व्यापक मात्रामा परीक्षण गर्न लागिएको छ ।

सरकारले ११ चैतदेखि लकडाउनको घोषणा गरेको हो । हालसम्म नेपालमा ९ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण हाल दोस्रो चरणमा प्रवेश गरेको छ । तर, शनिबार पहिलोपटक नेपालमै संक्रमण फैलिएको भेटिएको हो । भारतबाट आएका दुई जनामा संक्रमण भेटिएपछि सरकारले कडाई गर्न लागेको छ ।

प्रतिक्रिया दिनुहोस्