Logo
Logo

पिआरटीको जिम्मा कसरी दिइयो सेनालाई ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २४ चैत ।
आइतबार बसेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले पेसेन्ट रिसिभिङ टिम(पिआरटी)को जिम्मेवारी नेपाली सेनालाई दिएको छ । यसअघि यसको मुख्य जिम्मेवारीमा प्रहरी थियो । गृहमन्त्री रामबहादुर थापा ‘बादल’कै नेतृत्वमा पिआरटी गठन गरिएको थियो । ‘यसअघि ठ्याक्कै बिरामी तथा शंकास्पद व्यक्तिलाई कसले उठाउने भन्ने प्रष्ट थिएन, बाग्लुङमा पनि त्यस्तै समस्या देखियो,’ सदस्य सचिव बिडारीले भने,‘त्यही भएर यसको डेडिकेटेड जिम्मेवारी सेनालाई दिइएको छ, ७७ जिल्लामै सेनाले यसका लागि टिम बनाउने छ ।’

सेना अनुशासित हुने र प्रोटोकल मान्ने भएकाले पनि उसलाई यस्तो जिम्मेवारी दिने निर्णय भएको उनको भनाई छ । बिरामी ओसार्नका लागि बीचमा बन्द कोठा भएको एम्बलुेन्सका प्रयोग गर्ने निर्णय समेत भएको छ । यस्तो टिममा स्वास्थ्यकर्मी समेत हुन्छन् । पिआटीमा पिपिई लगाएर काम गर्ने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र एम्बलुेन्स चालकलाई सरकारले शतप्रतिशतसम्म भत्ता दिने निर्णय गरिसकेको छ ।
रक्षामन्त्री तथा समितिका संयोजक ईश्वर पोखरेलकै जोडमा सो जिम्मेवारी सेनालाई दिइएको हो ।

प्रतिक्रिया दिनुहोस्