Logo
Logo

देशवासीको नाममा सम्बोधन गर्ने प्रधानमन्त्री ओलीको तयारी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २४ चैत ।
कोरोनाले निम्ताएको विपदको बेला मौन बसेको भन्दै आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् । आजै सम्बोधनको सम्भावना रहेको प्रधानमन्त्रीका एक सहयोगीले बताए ।


प्रधानमन्त्रीले उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय समिति बनाएर कोरोना नियन्त्रण तथा रोकथामसम्बन्धि कामको जिम्मेवारी दिएका छन् । दुई साताअघि प्रधानमन्त्रीले सम्बोधन गरेका थिए । त्यसयता प्रधानमन्त्री ओली यसबारे बोलेका छैनन् । आलोचना भएपछि उनले सम्बोधन गर्न लागेका हुन् ।

स्वास्थ्य अवस्थाका कारण पनि प्रधानमन्त्री ओली अहिले सक्रिय हुन नसकेका हुन् । डेढ महिनाअघि मिर्गाैला प्रत्यारोपण गरेका ओलीलाई पूर्ण रुपमा आराम गर्न चिकित्सकले भनेका छन् ।

आज ४ बजे बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक दुई बजे सारिएको छ । जसअनुसार आजै साँझ प्रधानमन्त्रीको सम्बोधन आउने सम्भावना छ । लकडाउन २ बैशाखसम्म लम्बाएर प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्