Logo
Logo

गभर्नरमा तीन जनाको सिफारिस, आजै नियुक्ति हुने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २४ चैत ।
नेपाल राष्ट्र बैंकको गभर्नरका लागि तीन जनाको नाम सिफारिस भएको छ । अर्थमन्त्री डा युवराज खतिवडा नेतृत्वको सिफारिस समितिले डेपुटी गभर्नर चिन्तामिण शिवाकोटी, पूर्व सचिव राजन खनाल तथा लगानी बोर्डका पूर्व सिइओ महाप्रसाद अधिकारीको नाम सिफारिस गरेको हो ।


तीनमध्ये एक जनालाई आज सरकारले गभर्नर नियुक्ति गर्ने छ । दिउँसो २ बजे मन्त्रिपरिषद्को बैठक बस्दै छ । स्रोतका अनुसार प्रधानमन्त्री ओली शिवाकोटीकै पक्षमा छन् । अर्थमन्त्री भने राजन खनालको पक्षमा छन् । तीनै जनाले शक्तिकेन्द्रमा दौडधुप जारी राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्