Logo
Logo

अनशनस्थल बन्दै त्रिवि शिक्षण अस्पताल


- दृष्टि न्युज/संवाददाता



काठमाडौं , ८ माघ ।

चिकित्सा सुधारको माग राख्दै डा। गोविन्द केसी १६औँ पटक अनशनरत छन्। उनी अनशन बसेकै स्थान त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उनीविरुद्ध विजय थापा अनशन बसिरहेका छन्। थापाको विरुद्धमा पनि अनशन बस्ने जनाउँदै कैलालीका खेमबहादुर मगरले अस्पतालमा ठाउँ मागेका छन्।

केसीको विरोध र समर्थनमा अनशनकारी बढ्न थालेपछि शिक्षण अस्पताल अनशनस्थलमा परिणत देखिएको छ।

मगरले सोमबार अनशन बस्ने ठाउँ दिन अस्पतालका कार्यकारी निर्देशका प्राडा प्रेमकृष्ण खढ्गासमक्ष सोमबार निवेदन दिएका हुन्। केसीलाई अहिले अस्पतालको गणेशमान सिंह भवनमा सारिएको छ। केसी १४ दिनदेखि अनशनमा छन्। पुस २५ गतेदेखि इलाममा अनशन शुरु गरेका उनको स्वास्थ्यमा समस्या आएको भन्दै सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो। आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छापिएको छ ।

थापा भने विधेयक जस्ताको तस्तै पारित हुनुपर्ने माग राखेर पुस २७ देखि अनशनमा छन्। उनलाई पनि सेनाको हेलिकोप्टरबाटै काठमाडौं ल्याइएको थियो। अनशन बस्न लागेका खेमबहादुर भने आफू केसीको समर्थनमा रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्