Logo
Logo

खरिपाटी क्वारेन्टाइनमा रहेकालाई घर पठाइयो


- दृष्टि न्युज/संवाददाता


भक्तपुर, २४ चैत । खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका ७३ जनालाई सोमबार घर पठाइएको छ । कोरोना प्रभावित विभिन्न देशबाट आएका उनीहरुलाई १४ दिन अगाडि भक्तपुरस्थित विद्युत् प्राधिकरणको भवनमा क्वारेन्टाइनमा राखिएको थियो ।
यहाँ रहेका सबैको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई नेपाली सेना र जिल्ला सुरक्षा निकायको पहलमा घरसम्म पु¥याउने गरी पठाइएको नेपाली सेना वीरदल गणका गणपति कर्णेल शिवप्रसाद पौडेलले जानकारी दिए । उनले खरिपाटीको क्वारेन्टाइनमा रहेका उपत्यकाभित्रका २६ सहित कूल ७३ जनालाई आज घर फर्काइएको जानकारी दिए ।
घर फर्काउन नेपाली सेनाका दुई र सार्वजनिक यातायात दुई गरी चारवटा बसमा हालेर काठमाडौँ, चितवन, झापा, बुटवल, नेपालगञ्ज, मुग्लिङ, पोखरा, बनेपा र पाँचखाल पठाइएको कर्णेल पौडेलले बताए । उनीहरुलाई बसमा खानाका लागि खानेकुरासमेत पठाएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्