Logo
Logo

नेविसंघको अधिवेशनमा कांग्रेस नेताहरुबीच कार्यक्रम स्थलमै कुटाकुट


- दृष्टि न्युज/संवाददाता


ओखलढुंगा, ८ माघ ।

नेपाल विद्यार्थी संघ जिल्ला कार्य समितिको १२ औं अधिवेशनको उद्घाटन शत्रमा विवाद भएपछि कांग्रेस नेताहरुबीच कुटाकुट भएको छ ।

सोमबार साँझ उद्घाटन शत्रको मञ्चमै भएको कुटाकुटमा कांग्रेस नेता बालकृष्ण दाहालको आँखामा चोट लागेको छ । त्यस्तै पूर्व सभापति गोमा केसीमाथि पनि कुटपिट भएको पत्रकार सम्मेलन गरेर नेताहरुले बताएका छन् । केसीले पत्रकार सम्मेलनमा आफूमाथि जिल्ला सभापति प्रदीप सुनुवारले हातपात गरेर दुर्व्यवहार बताएका छन् ।

अधिवेशन उद्घाटन सत्रमा असन्तुष्ट पक्षका नेताहरुले अधिवेशनमा सहभागी हुने प्रतिनिधिको नाम सार्वजनिक गर्नु पर्ने नेविसंघका केन्द्रीय उपाध्यक्ष नवीन राईलाई प्रमुख अतिथि बनाउनु पर्ने माग गरेपछि विवाद सुरु भएको थियो । जिल्ला सभापति प्रदीप सुनुवारलाई प्रमुख अतिथि बनाएपछि विवाद सुरु भएको थियो। प्रतिनिधि एक पक्षीय बनाएर आफू अनुकुल नेतृत्व चयन गर्न खोजेको भन्दै दाहाल र केसी मञ्चमै गएर कार्यक्रम रोक्न माग गर्दा झडप भएका एक विद्यार्थी नेताले जनाएका छन ।

मञ्चमा जिल्ला सभापति प्रदीप सुनुवार, उपसभापति तेजेन्द्र खनाल र नेताहरु बालकृष्ण दाहाल, लिलाबल्दभ दाहाल काका, पूर्व सभापति गोमा केसीबीच झडप भएको हो । झडप पछि असन्तुष्ट पक्षले कार्यक्रम बहिस्कार गरेका छन् । नेताहरुको कुटाकुटपछि विद्यार्थीसमेत दुई पक्षमा विभाजित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्