Logo
Logo

परीक्षणमा कोरोना संक्रमण भेटिएन


- दृष्टि न्युज/संवाददाता


जुम्ला, २६ चैत । जुम्लामा कोरोना भाइरस संक्रमण भएको आशंका गरिएका ६ जनामा संक्रमण नभएको पुष्टि भएको छ । नमूना परीक्षणका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको प्रतिवेदनमा कोरोना नभएको पुष्टि भएको हो ।
६ जनाको स्वाब परीक्षण गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले गत २३ चैतमा प्रदेश अस्पताल सुर्खेत पठाएको थियो । प्रतिष्ठानका अस्पताल निर्देशक डा मंगल रावलका अनुसार परीक्षणका लागि पठाएको स्वाबमा कोरोना संक्रमण नदिएको रिर्पोट प्राप्त भएको छ ।
यही चैत २५ मा भारत तथा तेस्रो मुलुकबाट जुम्ला आएर यहाँका स्थानीयको घुम्ती मेडिकल टोलीले थप ३२४ जनाको स्वाब सङ्कलन गरी कोरोना परीक्षण गर्न काठमाडौँ पठाएको छ । जिल्लाको एक नगरपालिका र सात गाउँपालिकाको विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा बसेका सबैको स्वाब सङ्कलन गरी परीक्षण गर्न काठमाडौँ पठाएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताए । रासस

प्रतिक्रिया दिनुहोस्