Logo
Logo

कोरोनाविरुद्धको लडाई जित्दै चीन, ७६ दिनपछि खुल्यो वुहान(फोटो फिचर)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २६ चैत ।
कोरोना भाइरसको सुरु भएको चीनको सहर वुहान बुधबारदेखि खुलेको छ । नयाँ संक्रमण पूर्ण रुपमा नियन्त्रण भएपनि सरकारले ७६ दिन लामो लकडाउन हटाउने निर्णय गरेको हो ।

बुधबारदेखि बजार खुल्नुका साथै सार्वजनिक यायाताय सुरु भएको छ । त्यस्तै रेल र आन्तरीक विमान सेवा समेत सुरु भएको छ ।
करिब तीन महिनाअघि वुहानमा कोरोना संक्रमण सुरु भएको थियो । त्यहाँको एक मासु बजारबाट संक्रमण सुरु भएको आँकलन गरिएको छ ।


चीनमा नियन्त्रण हुँदै कोरोना
अन्य देशमा कोरोना फैलिरहँदा चीनमा भने संक्रमण नियन्त्रण उन्मुख छ । मंगलबार चीनमा कोरोनाबाट मृत्यु हुनेको संख्या पहिलोपटक शून्यमा झरेको थियो । चीनमा दैनिक १०÷१० वटा मात्र नयाँ संक्रमण देखिएको छ ।

 


हालसम्म चीनमा करिब ८१ हजारमा संक्रमण देखिएको छ । त्यस्तै, ३२ सयको मृत्यु भएको हो । सुरुदेखि नै संक्रमण रोक्न लकडाउनदेखि कडाइए गरेकाले नियन्त्रण सहज भएको हो । अन्य देशमा संक्रमण व्यापक भएपछि मात्र लकडाउन गरेका थिए । संक्रमण रोक्न चीनले सबै विदेशीलाई चीन आउन रोक लगाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्