Logo
Logo

प्रचण्डको परिवारमा भाइरल ज्वरोको संक्रमण, श्रीमती, बुहारी र नातिनी अस्पताल भर्ना


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, ८ माघ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को परिवारलाई भाइरल ज्वरोले सताएको छ । प्रचण्ड परिवारका तीन जना एकै पटक अस्पताल भर्ना भएका छन् ।


श्रीमती सीता तीन दिनदेखि आईसियुमा राखेर उपचार भइरहेको छ । नातिनी स्मिता दाहाल पनि केही दिनअघि अस्पताल भर्ना भएकी थिइन् । साथै प्रचण्डकी बुहारी तथा खानेपानी तथा सरसफाई मन्त्री बिना मगर पनि मंगलबार अस्पताल भर्ना भएकी छिन् । नाक र घाँटीमा इन्फेक्सन भएपछि उनी अस्पताल भर्ना भएकी हुन् ।
उनलाई रुघाखोकी र भाइरल ज्वरोले सताएको छ । उनलाई ललितपुरको सुमेरु अस्पतालमा भर्ना गरिएको छ । तीनै जनालाई मौसमी भाइरलले सताएको छ । पछिल्लो समय उपत्यकामा रुघाखोकी र मौसमी ज्वरोको प्रकोप बढेको छ । समयमा उपचार नहुँदा केहीको मृत्यु समेत भएको छ ।

प्रतिक्रिया दिनुहोस्