Logo
Logo

लकडाउनमा खटिने प्रहरीको तलब कट्टा ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २६ चैत ।
कोरोना नियन्त्रण तथा रोकथामका लागि सुरक्षाकर्मीहरु दैनिक १८ घन्टासम्म खटिएका छन् । उनीहरुलाई प्रोत्साहन भत्ताको माग भएपनि दैनिक तीन सय खाजा खर्च दिएर टारिएको छ ।

प्रोत्साहन भत्ताको सट्टा उल्टो तलब समेत काट्ने निर्णय भएको छ । एसएसपीदेखि आईजिपीसम्मको सात दिनेको , एसपी, डिएसपी र इन्सपेक्टरको पाँच दिनको र सई र असईको तीन दिनको तलब काटेर कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णय भएको हो ।

असईदेखि आईजिपीसम्मको बैशाख महिनाको तलब कट्टा गरी पैसा पठाउन आर्थिक प्रशासन महाशाखाका एसएसपी दीपक थापाले बुधबार देशभर परिपत्र गरेका छन्।
विपदको बेला काम पनि धेरै गर्नुपर्ने र उनीहरुकै तलब पनि काट्ने निर्णयको प्रहरीमा असन्तुष्टि देखिएको छ ।

हवल्दार, सिपाही र कार्यालय सहयोगीको भने कटौती नहुने भएको छ । निजामती कर्मचारीको पनि सबैको तबल कटौती गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्