Logo
Logo

भिडियो सन्देश मार्फत डा. केसीको सांसदहरुलाई अपीलः चिकित्सा शिक्षा विधेयकलाई जनतामुखी बनाउनुस्


- दृष्टि न्युज/संवाददाता


काठमाडौं ।
आमरण अनसररत डा. गोविन्द केसीले चिकित्सा शिक्षा विधेयकलाई जनतामुखी र विद्यार्थीमुखी बनाएर पास गर्न सांसदहरुलाई अपील गरेका छन् ।

१५औं अनसनका क्रममा भएको सहमति विपरीत सरकारले चिकित्सा शिक्षा विधेयक संसदमा पेस गरेको विरोधमा डा केसी गत पुस २५ देखि अनसनमा छन्। स्वास्थ्य अवस्थामा खराबी आएपछि इलामबाट काठमाडौं ल्याइएका डा केसी त्रिवि शिक्षण अस्पतालको आइसियू छोडेर ‘जनरल वार्ड’मा भर्ना भएका छन्।

स्वास्थ्य अवस्थामा क्रमिक सुधार भएपछि डाक्टर केसीलाई मंगलबार बिहान वार्डबाट अनसन स्थलमा सारिएको केसी समूहका सदस्य अभिषेकराज सिंहले जानकारी दिए।

भिडियाेका लागि तलकाे लिंकमा क्लिक गर्नुहाेस्:

नमस्ते माननियज्युहरु!
१६ औ सत्याग्रहको १४ औ दिन डा गोबिन्द केसी भन्नुहुन्छ: pic.twitter.com/3OM6CvTYf3— Abhishek Raj Singh (@seeuabhishek) January 22, 2019

यस्तो छ उनको सम्बोधनः

माननीय सांसदज्यूहरु,

मेरो जानकारीमा आए अनुसार आज संसदमा चिकित्सा शिक्षा विधेयक प्रस्तुत हुँदैछ । त्यसमा जनता र विद्यार्थीमुखी बुँदाहरु हटाएर माफियामुखी बुँदाहरु राखेर समितिबाट पारित गरिएको छ । हामीसँग सम्झौता भएअनुसार जनतामुखी र विद्यार्थीमुखी बुँदाहरु थपेर ऐन ल्याउन माननीयज्यूहरुले सहयोग गर्नुहुनेछ भन्ने आशा राखेको छु र अनुरोध पनि गर्न चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्