Logo
Logo

सूर्या लाइफको ब्राण्ड एम्बेसडर बनिन् इन्दिरा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २७ चैत । सूर्या लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेसडरमा गायिका इन्दिरा जोशी नियुक्त गरिएको छ । पछिल्लो समय सांगीतिक रियालिटी शो ‘नेपाल आइडल’मा जर्ज रहेर चर्चामा आएकी इन्दिरालाई कम्पनीले एक कार्यक्रमबीच ब्राण्ड एम्बेसडरमा चयन गरेको हो ।
सूर्या लाइफ इन्स्योरेन्सको तर्फबाट एमडीआरटीका विजेता अभिकर्ताहरूसहित कम्पनीका सीईओ र अध्यक्ष तथा कम्पनी बोर्डका निर्देशकहरुले गायिका इन्दिरालाई स्वागत गरेका थिए । कम्पनीका अध्यक्ष केशवप्रसाद भट्टराईले कम्पनीको नयाँ ब्राण्ड एम्बेसडर पाएकोमा खुशी व्यक्त गर्दै भने, ‘गायिका जोशी र हामी सबै मिलेर नयाँ अवसरको खोजी र चुनौतीको सामना गर्दै सबै उमेर, समूह र क्षेत्रका मानिसको बीमा गराउन सक्छौं भन्नेमलाई लाग्छ ।’
त्यस्तै, कम्पनीका सीईओ शिवनाथ पाण्डेले ब्राण्ड एम्बेसडरको सहयोगमा कसरी ग्राहकसँग जोडिन र उनीहरुलाई प्रभावकारी सेवा दिन सकिन्छ भन्ने विषयमा चर्चा गरेका थिए ।
यस्तै सूर्या लाइफको ब्राण्ड एम्बेसडर नियुक्ती भएप्छि गायिका इन्दिराले कम्पनीको ब्राण्ड एम्बेसडर बन्न पाउँदा निकै उत्साहित र गौरवको महशुस भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्