Logo
Logo

साढे २ अर्बको ऋणपत्र ल्याउँदै सिटिजन्स बैंक


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २७ चैत । सिटिजन्स बैंक इन्टरनेसनलले साढे २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र ल्याउँने भएको छ । बैंकले ‘१०.२५५ सिटिजन्स बैंक ऋणपत्र–२०८६’ नामक ऋणपत्र बजारमा निष्काशन गर्न लागेको जनाएको छ ।
बैंकले त्रैमासिक ब्याज भुक्तानी भएको उक्त ऋणपत्र दश (१०) वर्षको अवधिका लागि निष्काशन गर्न लागिएको हो । दुई अर्ब ५० करोड रुपैयाँ बराबरको प्रतिऋणपत्र एक हजार रुपैयाँ अंकित मूल्यका २५ लाख कित्ता निष्काशन गर्न लागेको छ । जसमध्ये १० लाख कित्ता ऋणपत्रले हुन आउने कुल १ अर्ब रुपैयाँ ऋणपूँजी रकम (५०,००० कित्ता सामूहिक लगानी कोषका लागि छुट्टयाईएको समेत) सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्काशनबाट बिक्री गरिने छ । बाँकी १५ लाख कित्ता ऋणपत्रले हुन आउने कुल १ अर्ब ५० करोड रुपैयाँ ऋणपूँजी रकम विभिन्न व्यक्ति वा संघ संस्थाहरुलाई व्यक्तिगत तर्फबाट बिक्री गरिने बैंकले जनाएको छ ।
बैंकले निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलबाट उक्त मात्राको ऋणपत्र निष्काशन गर्न लागेको जनाएको हो । ईक्रा नेपालले उक्त ऋणपत्र निष्काशन गर्न बैंकलाई आईसीआरएएनपी एलबीबीबी पल्स रेटिङ प्रदान गरेको छ । जसलाई कम्पनी वित्तीय दायित्व पूरा गर्न सुरक्षित मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्