Logo
Logo

भारतमा कोरोना सल्किँदै, २४ घन्टाभित्रै ५४० नयाँ संक्रमित थपिए


(एएनआई)



नयाँदिल्ली, २७ चैत (एएनआई) । भारतमा पछिल्ला केही दिनमा कोभिड १९ का संक्रमितहरुको संख्या बढ्दै गएको छ । भारतमा सबैभन्दा बढी संक्रमित महाराष्ट्र राज्यमा देखिएका छन् ।
बिहीबार बिहानको तथ्यांकअनुसार भारतमा कोभिड १९ का संक्रमितहरुको संख्या ५ हजार नाघेको छ । प्राप्त समाचारअनुसार यहाँ बिहीबार बिहानसम्म ५ हजार ७३४ जनामा यसको संक्रमण भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकरी दिएको छ ।
महाराष्ट्रमा कोभिड १९ का संक्रमितहरु दिन प्रतिदिन बढ्दै गएको देखिएको छ । महाराष्ट्र राज्यमा मात्र संक्रमितहरुको संख्या त्यहाँ १ हजार १३५ जना पुगेको बताइएको छ । पछिल्लो २४ घन्टा अर्थात बिहीबार बिहानसम्म मात्र महाराष्ट्रमा कोभिड १९ का ५० भन्दा बढी संक्रमित थपिएका छन् । योसँगै महाराष्ट्रमा कोभिडका संक्रमितहरुको संख्या १ हजार १३५ पुगेको बताइएको छ ।
यसरी भारतका अरु राज्यहरुको तुलनामा महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको देखिएको समाचारमा जनाइएको छ । पछिल्लो २४ घन्टामा भेटिएका ५० भन्दा बढी संक्रमितमध्ये ३० जनाभन्दा बढीमा स्थानीय मानिसबाट मानिसमा सरेको पाइएको हो । ती ६० मध्येका २५ जना बृहनमुम्बई म्युनिसिपल कर्पाेरेसन क्षेत्रका भएका पाइएको यहाँको स्थानीय सरकारी अस्पतालका एक प्रवक्ताले जनाएका छन् ।
भारतमा योसँगै पछिल्लो २४ घन्टाभित्र मात्र ५४० जना संक्रमित थपिएका छन् । भारतमा पछिल्ला केही दिनमा यतिधेरै विरामी भेटिन थालेका हुन् । हिजो पनि त्यहाँ ७४३ जना संक्रमित भेटिएका अधिकारीहरुको भनाई छ ।
भारतमा बिहीबारसम्म ५ हजार ७३४ जना संक्रमित पाइएका छन् । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले यो कुराको जानकारी दिएको हो । यसरी भारतमा केही दिनयता बढ्दो रुपमा यसका संक्रमितहरु देखिएका पनि बताइएको छ । यहाँका ४०० भन्दा बढी संक्रमित भने उपचारपछि निको भएर घर फर्किएका छन् ।
यसरी हेर्दा अहिले पनि भारतमा ५ हजार भन्दा बढी विरामी अस्पतालमा उपचाररत छन् । मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार यहाँ ५ हजार ९५ जना विरामी अस्पतालमा छन् । गएको २४ घन्टा भित्रमात्र मृत्यु हुनेको संख्या १७ रहेको छ । पछिल्लो २४ घन्टामा १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले पुष्टि गरेका छन् ।
यसरी भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६६ जना पुगेको पनि भारतको स्वास्थ्य मन्त्रालयले दिएको सूचनामा उल्लेख गरिएको छ । महाराष्ट्रपछि सबैभन्दा बढी विरामी तालिनाडूमा छन् । तामिलनाडूमा कोरोना संक्रमण भएका व्यक्तिको संख्या बिहीबार बिहानसम्म ७३८ पुगेको छ ।
त्यसपछिका बढी संक्रमित नयाँ दिल्लीमा छन् । नयाँ दिल्लीमा यसका संक्रमितको संख्या ६६९ रहेको छ । भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरु थपिँदै जानु बडो चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्