Logo
Logo

ललितपुर उद्योग वाणिज्य संघद्वारा खाद्यान्न सहयोग


- दृष्टि न्युज/संवाददाता


ललितपुर, २७ चैत । ललितपुर उद्योग वाणिज्य संघले मुलुकमा कोभिड–१९ त्रासका कारण भइरहको बन्दाबन्दीमा ललितपुरका तीन स्थानीय तहलाई खाद्यान्न सहयोग गरेको छ ।
संघले ललितपुर महानगरपालिका, गोदावरी र महालक्ष्मी नगरपालिकाका विपन्न, अपांग, असहाय, दैनिक ज्यालादारी गर्ने व्यक्ति वा मजदुरको परिवार भोकै बस्न नपरोस् भनी खाद्यान्न सहयोग गरेको हो ।
संघले महानगरपालिकालाई दुई टन चामल, क्विटल दाल, गोदावरी र महालक्ष्मी नगरपालिकालाई एक–एक टन चामल र ५०–५० किलो दाल राहत वितरण गर्न सहयोग गरेको अध्यक्ष कृष्णलाल महर्जनले जानकारी दिए । उनले भौगोलिक विकटताको कारण हामीले ललितपुरका ती गाउँपालिकामा थप खाद्यान्न सहयोग गर्न नसकेको पनि बताए । उनले भने, ‘यी गाउँपालिकामा पनि खाद्यान्न सहयोग गर्नका लागि हामीले छलफल गरिरहेका छौँ ।’ सहजरुपमा राहत लाने व्यवस्था मिलेमा यी तीनै गाउँपालिकालाई पनि खाद्यान्न सहयोग गर्ने महर्जनले बताए ।
संघले दैनिक काम गरेर खानुपर्ने महानगरपालिकाका १५० स्थानीय परिवारलाई १०–१० किलो चामल र एक–एक किलो दाल वितरण गरिसकेको छ । संघले सुरक्षा निकाय लगायतका केही स्थानीयलाई पाँच हजार थान मास्क पनि वितरण गरिसकेको महासचिव मनोजबहादुर न्याछ्योले बताए ।

प्रतिक्रिया दिनुहोस्