Logo
Logo

सर्लाहीको ग्रामीण भेगमा ‘लकडाउन’को अवज्ञा


- दृष्टि न्युज/संवाददाता



सर्लाही, २७ चैत । जिल्लाका भित्री बस्तीहरुमा अत्यावश्यक अवस्थाबाहेक समेत मानिसहरु जथाभावी घरबाहिर निस्कन थालेका छन् । यसले गर्दा हाल महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) भित्रने जोखिम बढेको भन्दै वुद्धिजिवीहरुले चिन्ता व्यक्त गरेका छन् ।
सर्लाहीको दक्षिण–पूर्व भेगमा पर्ने हरिपूर्वा नगरपालिकामा मानिसहरु आफूहरु घरबाहिर निस्किएर हिँडडुल गरिरहेका स्थानीय बताए । स्थानीयअनुसार हरिपूर्वा क्षेत्रमा भारत तथा अन्य मुलुकबाट भर्खरै गाउँ फर्किएकाहरु समेत क्वारेन्टाइनमा नबसी खुलेयाम रुपमा बाहिर हिँडिरहेका छन् । प्रहरीको आँखा छलेर सर्लाहीका अन्य भित्री नगरपालिका तथा गाउँपालिकाका बस्तीहरुमा मानिसहरु जताततै हिँडडुल थर्न थालेका गुनासो आएको हो ।
लकडाउनपछि जिल्ला सदरमुकाम मलंगवासहित लालबन्दी, हरिवन, बयलवास, बरहथवा जस्ता प्रमुख बजार पूर्ण रुपमा ठप्प छन् । तर ग्रामीण भेगमा भने सुरुका केही दिनमा स्थानीय वासिन्दा आफै सक्रिय भएर छेकबार गरी डकडाउनको कार्यान्वयन गराए पनि अहिले भने जथाभावी हिँडडुल गर्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्