Logo
Logo

लकडाउन खुकुलो बनाउँदै सरकार, शुक्रबार र शनिबार उपत्यका बाहिर जान पाइने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २७ चैत ।
कोरोना संक्रमण जोखिम कम हुँदै गएपछि सरकारले लकडाउन खुकुलो बनाउदै लैजाने भएको छ । शुक्रबार र शनिबार उपत्यकामा रोकिएका सर्वसाधरणलाई उपत्यका बाहिर जान दिने निर्णय गरिएको छ ।


उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिले यस्तो निर्णय गरेको छ । सरकारले उद्योगहरु समेत चलाउन दिने निर्णय यसअघि गरिसकेको छ।

सर्वसाधरणहरु उपत्यकाबाट हिडेरै आप्mनो गृहजिल्ला जान थालेपछि यस्तो निर्णय भएको हो । यद्यपी लकडाउन भने तत्काल खुल्ने सम्भावना छैन । संक्रमण पूर्ण रुपमा नियन्त्रण नभएसम्म लकडाउन खुल्ने छैन । केही खुकुलो बनाउँदै लैजानेबारे भने छलफल सुरु भएको छ । ३ बैशाखसम्मलाई लकडाउनको घोषणा गरिएको छ ।

उपत्यका बाहिर जान सार्वजनिक यातायातलाई कसरी परिचालन गर्ने प्रष्ट भइसकेको छैन ।

उपत्यका बाहिर जान पाइने तर उपत्यका बाहिरबाट भने आउन नपाइने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्