Logo
Logo

कोभिड-१९ : विश्वभरी ८८ हजारभन्दा बढीको मृत्यु, १५ लाख १९ हजार ४४२ संक्रमित (अपडेट)


एपी/एएफपी


जेनेभा, २७ चैत (एपी/एएफपी)। कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस संक्रमणबाट विश्वभरी १५ लाख १९ हजार ४४२ संक्रमित भएका छन् । यस प्रकोपबाट विश्वभरी ८८ हजार ५४३ को मृत्यु भएको छ । यसैबीच यस रोगबाट ३ लाख ३० हजार ८९० जना भने निको भएका छन् । बिहीबार मध्याह्नसम्मको यो तथ्यांक विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको हो ।

कोरोनाभाइरस संक्रमणबाट बढी प्रभाव परेका केही मुलुकको पछिल्लो परिदृश्य ।

अमेरिकामा १४ हजार ७९७ जनाको मृत्यु भएको छ । ४ लाख ३५ हजार १६० संक्रमित भएका छन् भने २२ हजार ८९१ जना निको भएर घर फर्केका छन् । स्पेनमा १४ हजार ७९२ जनाको मृत्यु भएको छ भने १ लाख ४८ हजार २२० जना संक्रमित छन् भने ४८ हजार २१ जना निको भएका छन् ।
त्यस्तै, इटालीमा १७ हजार ६६९ जनाको मृत्यु, १ लाख ३९ हजार ४२२ संक्रमित भएका छन् भने २६ हजार ४९१ ठीक भएका छन् । त्यस्तै, जर्मनीमा २ हजार ३४९ जनाको मृत्यु, १ लाख १३ हजार २९६ संक्रमित छन् भने ४६ हजार ३०० उपचारपछि घर फर्किएका छन् ।
यस्तै, फ्रान्समा १० हजार ८६९ जनाको मृत्यु भएको छ भने १ लाख १२ हजार ९५० जना संक्रमित छन् भने २१ हजार २५४ ठीक भएका छन् । चीन ३ हजार ३३५ को मृत्यु, ८१ हजार ८६५ जना संक्रमित छन् भने अहिलेसम्म ७७ हजार ३७० उपचारपछि घर फर्किएका छन् । इरानमा ३ हजार ९९३ को मृत्यु भएको छ भने ६४ हजार ५८६ जना संक्रमित छन् । २९ हजार ८१२ जना निको भएका छन् । बेलायतमा ७ हजार ९७ जनाको मृत्यु, ६० हजार ७३३ संक्रमित भएका छन् भने १३५ जना निको भएका छन् ।
त्यस्तै, टर्कीमा ८१२ जनाको मृत्यु, ३८ हजार २२६ जना संक्रमित भएका छन् भने १ हजार ८४६ उपचारपछि घर फर्किएका छन् । त्यस्तै, बेल्जियममा २ हजार २४० को मृत्यु, २३ हजार ४०३ संक्रमित र ४ हजार ६८१ जना ठीक भएका छन् । स्विट्जरल्यान्डमा ८९५ जनाको मृत्यु, २३ हजार २८० संक्रमित भएका छन् भने ९ हजार ८०० उपचारपछि ठीक भएका छन् । त्यस्तै, नेदरल्यान्ड्समा २ हजार २४८ जनाको मृत्यु, २० हजार ५४९ संक्रमित छन् भने २५० निको भएका छन् । क्यानाडामा ४३५ जनाको मृत्यु, १९ हजार ४३८ जना संक्रमित छन् भने ४ हजार ६५३ जना निको भएका छन् । ब्राजिलमा ८२२ जनाको मृत्यु, १६ हजार १९५ संक्रमित छन् भने १२७ जना ठीक भएका छन् । त्यस्तै, पोर्चुगलमा ३८० को मृत्यु, १३ हजार १४१ जना संक्रमित र १९६ जना उपचारपछि निको भएका छन् ।
यस्तै, अष्ट्रियामा २७३ जनाको मृत्यु, १२ हजार ९६९ जना संक्रमित भएका छन् भने जसमा ४ हजार ५१२ जना निको भएर घर फर्किएका छन् । दक्षिण कोरियामा २०४ जनाको मृत्यु, १० हजार ४२३ जना संक्रमित भएका छन् भने ६ हजार ९७३ जना निको भएका छन् । यस्तै, इजरायलमा ७३ जनाको मृत्यु, ९ हजार ४०४ जना संक्रमित भएका छन् भने ८०१ जना निको भएका छन् । रुसमा ६३ जनाको मृत्यु, ८ हजार ६७२ संक्रमित भएका छन् भने ५८० उपचारपछि निको भएका छन् । स्विडेनमा ६८७ जनाको मृत्यु, ८ हजार ४१९ संक्रमित र २०५ जना निको भएका छन् । अष्ट्रेलियामा ५१ जनाको मृत्यु, ६ हजार १०४ संक्रमित भएका छन् भने २ हजार ८१३ जना निको भएका छन् । नर्वेमा १०१ जनाको मृत्यु भएको छ भने ६ हजार ४२ जना संक्रमित भएका छन् । जसमा ३२ जना उपचारपछि निकोर भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्