Logo
Logo

सुदूरपश्चिमका चिकित्सकका लागि पिपीई हस्तान्तरण


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २८ चैत । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सुदूूरपश्चिम प्रदेशमा कोरोनाविरुद्धको उपचारमा संलग्न चिकित्सकका लागि आवश्यक व्यक्तिगत सुरक्षा कवच (पिपीइ) सेट हस्तान्तरण गरेका छन् ।
नेपाल सरकारबाट सुदूरपश्चिम प्रदेशमा समन्वयको जिम्मेवारी पाउनुभएकी खानेपानीमन्त्री बिना मगरलाई बिहीबार राज्यमन्त्री मानन्धरले २०० थान पिपीइ सेट हस्तान्तरण गरेका हुन् । नेपाल–भारत मानव विकास एवं मैत्री संघको सहयोगमा उक्त पिपीइ सेट हस्तान्तरण गरिएको हो ।
खानेपानीमन्त्री मगरले उपचारका लागि आवश्यक समन्वय भइरहेको बताउँदै आवश्यक सामग्री तत्काल प्रदेश सरकारलाई हस्तान्तरण गरिने बताए । मन्त्री मगरले सुदूरपश्चिम कोरोना संकटको इपिसेन्टर बन्नसक्ने भएकाले सरकारले सचेततापूर्वक काम गरिरहेको जानकारी दिए । राज्यमन्त्री मानन्धरले विपद्को समयमा सरकार जनताको साथमा रहने जनाए ।

प्रतिक्रिया दिनुहोस्