Logo
Logo

सामाजिक सञ्जालमा अफवाह फैलाउने पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तिविरुद्ध सामाजिक सञ्जाल फेसबुकमार्फत अफवाह फैलाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा खोटाङ ऐसेलुखर्क घर भई काठमाडौँ बूढानीलकण्ठ नगरपालिका बस्ने ३६ वर्षीय तारा नाछिरिङ र काभ्रेपलाञ्चोक पनौती नगरपालिका ५ का ४६ वर्षीय रामकुमार श्रेष्ठ रहेका छन् । श्रेष्ठले प्रधानमन्त्री ओलीको फोटो प्रयोग गरी मानमर्दनमा आँच आउने किसिमको अमर्या्दित कार्य गरेको पाइएपछि प्रहरीको साइबर ब्यूरोको टोलीले दुवैलाई पक्राउ गरेको हो ।
बिहीबार पक्राउ परेका उनीहरुमाथि विद्युतीय कारोवार ऐन, २०६३ र विद्युतीय स्वरुपमा गैरकानूनी कुरा प्रकाशन गर्ने विद्युतीय सञ्चारमाध्यममा प्रचलित कानूनअनुसार अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्