Logo
Logo

प्रधानमन्त्रीको नेतृत्वमा प्रतिपक्षीसहितको उच्चस्तरीय संयन्त्र बनाउने प्रचण्डको प्रस्ताव


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २८ चैत ।  
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना भाइरस रोकथाम तथा नियनत्रणमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउन माग गरेका छन् । प्रधानमन्त्रीको नेतृत्वमा त्यस्तो संयन्त्र बन्नुपर्ने र त्यसमा प्रतिपक्षीसम्मलाई राख्नुपर्ने उनको प्रस्ताव छ ।

बिहीबार साँझ इमेज टेलिभिजनलाई दिएको अन्तर्वार्तामा प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा विपक्षी दलका नेता र अन्य राष्ट्रिय राजनीतिक दलका नेताहरू सम्मिलित संयन्त्र बनाउने प्रस्ताव अगाडि सारेका हुन् । प्रचण्डले यस विषयमा आफूले प्रधानमन्त्री ओलीसँग गम्भीर कुरा गर्ने पनि बताएका छन् । प्रधानमन्त्रीको नेतृत्वमा बन्ने समितिले मात्र प्रभावकारी काम गर्न सक्ने उनको भनाइ छ ।

संरचना बनाउने, त्यहाँ छलफल गर्ने, अनि साझा धारणा बनाउने र सामूहिक रूपमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्न जरुरी भएको उनको भनाइ छ । सत्तारुढ नेकपाको बुधबार सचिवालय बैठक बसेको थियो ।

त्यसको अर्को दिन प्रचण्डले संयन्त्र बनाउने प्रस्ताव अगाडि सारेका हुन् । बैठकले सरकारका नीति ठीक रहे पनि कार्यान्वयन कमजोर देखिएको भन्दै थप प्रभावकारी बनाउन सुझाब दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्