Logo
Logo

कोभिड-१९ : चार लाखभन्दा बढी संक्रमित निको भएर घर फर्किए


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ३० चैत । कोरोना भाइरस (कोभिड–१९)का संक्रमित बढ्ने मात्र होइन, निको हुनेको संख्या पनि बढ्दै गएको छ । विश्वलाई नै त्रसित बनाइरहेको कोरोना भाइरसबाट संक्रमितहरु निको हुने क्रम बढेको एक तथ्यांकले जनाएको छ ।
अहिलेसम्म चार लाखभन्दा धेरै संक्रमित निको भएको जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकले जनाएको छ । उक्त तथ्यांकअनुसार विश्वभर ४ लाख दुई हजार दुई सय ७० संक्रमित निको भइसकेका छन् । अहिलेसम्म विश्वभर १७ लाखभन्दा धेरै संक्रमित भइसकेका छन् । तिनीहरुमा पनि निको हुने क्रममा रहेका छन् ।
पछिल्लो तथ्यांकमा सबैभन्दा धेरै मानिस निको हुनेमा चीन अगाडि देखिएको छ । चीनमा अहिलेसम्म ७७ हजारभन्दा बढी मानिस निको भइसकेका छन् । करिब ८३ हजार संक्रमित रहेको चीनमा अधिकांश मानिस भने निको भएका हुन् ।
त्यस्तै स्पेनमा पनि ५९ हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन् । तर, यो मुलुकमा अझै ८७ हजारभन्दा धेरै कोभिड–१९ का बिरामी निको हुन बाँकी छन् । जर्मनीमा पनि अहिलेसम्म ५७ हजारभन्दा बढी संक्रमित निको भइसकेका छन् । जर्मनीमा समग्र संक्रमितको संख्या पनि एक लाख २५ हजार नाघिसकेको छ । यस्तोमा अझै ६५ हजारभन्दा बढी संक्रमित निको हुन बाँकी छन् । इरानमा पनि अहिलेसम्म ४१ हजारभन्दा धेरै मानिस निको भइसकेका छन् । इरानमा ७० हजार कुल संक्रमितमध्ये २३ हजारभन्दा बढी मानिस निको हुन बाँकी छन् ।

प्रतिक्रिया दिनुहोस्